साग : साइक्लिङमा नेपालका राजेश र निश्मालाई स्वर्ण

काठमाडौं, १८ मंसिर । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । बुधबार भएको स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेशले स्वर्ण जित्दा महिलातर्फ निश्माले जितिन् । सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिते भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् ।

दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।

Loading...