विपिनको ‘सेल्फी किङ’को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १८ मंसिर । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबबाट सार्वजनिक गरिएको टिजरमा दुनियाँलाई हसाउँने एक हास्य कलाकारको दुःख र पीडालाई प्रस्तुत गरिएको छ । टिजरमा विपिनलाई मात्र देखाइएको छ ।

विशाल सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सवीन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ । फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

केही समयअगाडि सार्वजनिक गरिएको फिल्मको पोस्टर झट्ट हेर्दा हलिउड फिल्म ‘जोकर’सँग मिलेको भन्दै कतिपय मानिसहरूले टिप्पणी गरिरहेका छन् ।

Loading...