साग : कराँतेमा नेपाललाई १० स्वर्ण पदक, क–कसले जिते

काठमाडौं, १८ मंसिर । नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत कराँतेमा नेपालले हालसम्म १० वटा स्वर्ण पदक जितिसकेको छ । सोमबार, मंगलबार र बुधबार अहिलेसम्म गरी नेपालले कराँतेतर्फ १० वटा स्वर्ण पदक हात पारेको हो ।

बुधबार नेपालका लागि अनुपमा मगरले कराँतेतर्फ १०औं स्वर्णपदक हात पारिन् । महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाइन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी थिइन् । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो ।

sadf

यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए ।

त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेकी थिइन् । कराँतेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदकविहीन भएको छैन ।

Loading...