visit-nepal

साग : महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित

पोखरा, १८ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटतर्फ नेपालले लज्जास्पद हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिमले १९.२ ओभरमा ५० रन बनायो । नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सीता रानामगरले ३ तथा सोनु खड्काले १२ रन बनाइन् । यस्तै रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा आउट भइन् ।

बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् ।

५१ रनको झिनो लक्ष्य बंगलादेशले मात्र ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।

नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।

Loading...