साग : कराँतेमा नेपाललाई दसौं स्वर्ण, अनुपमाले जितिन् ‘गोल्ड’

काठमाडौं, १८ मंसिर । नेपालमा जारी १४औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले कराँतेतर्फ १०औं स्वर्ण पदक जितेको छ । बुधबार भएको कराँतेको कुमुतेको ६८ केजी माथिको महिलातर्फ नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी हुन् ।

कुमुतेतर्फ पाकिस्तानले रजत जितेको छ । अनुपमाले फाइनल भिडन्तमा पाकिस्तानकी नरगिरलाई ६–२ स्कोरले हराएपछि पाकिस्तानले रजत पदकमा चित्त बुझाएको हो । कराँतेको खेल आजबाट समाप्त हुँदैछ । कराँतेमा पहिलो दिन नेपालले सात स्वर्ण जितेको थियो भने दोस्रो दिन दुई वटा स्वर्ण जितेको थियो ।

Loading...