एक सेकेण्डले रजतबाट चुके दीपक अधिकारी, जिते कास्य

काठमाडौँ, १८ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् । एथ्लेटिक्स १० हजार मिटर दौडमा उनी भारतका सुरेश कुमार र श्रीलंकाका सान मुगेशस्वरनसँग पराजित हुन पुगे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त स्पर्धामा दीपकले ३० मिनेट ५०.०६ सेकेण्डको समय निकाल्दै कास्य जिते । उनी एक सेकेण्डले स्वर्णबाट चुकेका हुन् । भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेण्डको समयसहित स्वर्ण जिते ।

यसैगरी श्रीलंकाका मुगेशस्वरले ३० मिनेट ४९.२० सेकेण्डको समयमा उक्त स्पर्धा पूरा गरे ।

Loading...