visit-nepal

पत्रपत्रिकामा देश : १ मिलिसेकेण्डले स्वर्ण

विराटनगर १८ मंसिर । जारी साग प्रतियोगितामा भारतीय प्रतिश्पर्धीलाई १ मिलिसेकेण्डले पछि पार्दै नेपाली धाविकाले स्वर्ण पदक जितेकी छिन् ।

१३ औँ साग अन्तर्गत एथ्लेटिक्सतर्फ पहिलो स्वर्ण जित्ने इतिहास रचेकी नेपाली खेलाडी सन्तोषी श्रेष्ठले भारतीय धाविका कविता यादवलाई १ मिलिसेकण्डले पछि पारिन् । महिला १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।

यो समाचारलाई आज नागरिक दैनिक र कान्तिपुर दैनिकले मुख्य खबर बनाएकाछन् । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी सन्तोषीले एथ्लेटिक्समा नै स्वर्ण जित्ने पहिलो महिला खेलाडी बन्दा भावुक भनेको नागरिकमा छ ।

नागरिक दैनिकमा नै सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न नसकेको समाचर पहिलो पृष्ठमा छापिएको छ । विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा ऐन उल्लंघन हुने गरेपनि त्यसलाई रोक्न नसकिएको भन्दै गृह मन्त्रालयले लाचारी व्यक्त गरेको छ ।

गृह मन्त्रालयले सामाजिक व्यवहार सुधार ऐन २०३३ कार्यान्वयन गर्न नसकिएको भन्दै संसदीय समितिमा ऐन कार्यान्वयनको अवस्था र चुनौतीबारे राय दिएको छ । राष्ट्रियसभा विधायन समितिले उक्त ऐन कार्यान्वयनको अवस्थाका विषयमा गृहसँग राय मागेको थियो ।

यो ऐनमा दाइजो, जन्तीको संख्या, खर्च आदीको सीमा तोकिएपनि लागु हुन सकेको छैन् । यसलाई पछि २०७० सालमा संसोधन गरि १५० जनासम्म जन्ती लान पाउने बनाइएको थियो ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्न कम्तीमा दुई महिना लाग्ने समाचार कान्तिपुर दैनिकले छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण दुईदेखि चार महिना पछि सर्ने भएको छ ।

अघिल्लो मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि मिर्गाैला प्रत्यारोपणको समय पछि धकेलिएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेको घाउ पूर्णरुपमा निको भएपछि र संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएपछि मात्रै मिर्गाैला प्रत्यारोपण गर्न मिल्ने वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डाक्टर ऋषि काफ्लेले बताए ।

स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए चार महिनामा प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गर्न सकिने उनको भनाई छ ।

Loading...