सागमा नेपाल शिर्षस्थानमा

विराटनगर १७ मंसिर । दक्षिण एसियाली खेलकुदमा २३ स्वर्णसहित नेपाल अंक तालिकाको पहिलो स्थानमा रहेको छ । नोपलको हालसम्म २३ स्वर्ण हुँदा ९ रजत र १२ कांस्यगरी ४४ पदक जित्न सफल भएको छ । तेश्रो दिन मंगलबार नेपालले ८ वटा स्वर्ण पदक जित्यो ।

दोश्रोमा रहेको भारतको १२ स्वर्ण १२ रजत र ९ कांस्य गरि ३३ पदक जितेको छ । मंगलबारसम्म भएको खेलमा तेश्रो स्थानमा रहेको श्रीलंकाको ५ स्वर्ण, १४ रजत र २७ कांस्य पदक रहेको छ ।

चौथो स्थानमा रहेको पाकिस्तानको ५ स्वर्ण ११ रजत र ९ कांस्य पदक रहेको छ । पाँचौ स्थानमा रहेको बंगलादेशको ४ स्वर्ण, ३ रजत र २१ कांस्य पदक , माल्दीभ्सको १ स्वर्ण र भुटानको ३ कांस्य पदक रहेको छ ।

Loading...