fbpx

जागृति विद्यालयमा शैक्षिक सामाग्री सहयोग

विराटनगर १७ मंसिर । लायन्स क्लब अफ विराटनगर मोरङले जगृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विपन्न समुदायका विद्यार्थीहरु अध्ययन गरिरहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि क्लबले कापी, कलम, पेन्सिल र खेलकुद सामग्री प्रदान गरेको हो ।

लायन्स क्लबका सेकेण्ड भाइस गर्भर रेवतबहादुर कार्कीको उपस्थीतिमा विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष सूर्यनारायण चौधरीले जानकारी दिए । विद्यार्थीहरुलाई खेलकुद प्रति आकर्षण बढाउन सामग्री हस्तान्त्रण गरिएको उनले बताए ।

कार्यक्रम रुपेश राजवंशीको संयोजकत्वमा आयोजना गरिएको थियो ।

Loading...