१३ औं साग : महिला भलिबलमा इतिहास रच्न चुक्याे नेपाल

काठमाडौं, १७ मंसिर । महिला भलिबलमा नेपाली राष्ट्रिय महिला टोली फाइनलमा भारतसँग पराजित भएकाे छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा नेपाल भारतसँग पराजित भएकाे हाे । भारतसँग पराजित भएसँगै भलिबलमा  स्वर्ण जित्ने अवसरमा चुकेकाे हाे ।

नेपाली महिला भलिबल टाेली पहिलाे पटक सागकाे फाइानलमा पुगेकाे थियाे । फाइनलमा भारतमाथि ३-२ काे सेटमा पराजित भएकाे हाे ।

पहिलाे सेटमा पराजित भएकाे नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जित निकालेको थियाे । तर  चौथो सेट र पाँचाै  सेटमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएकाे हाे ।

त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट भारत २५–१७ ले विजयी भएको थियो । दोस्रो सेट २५–२४ ले जितेको बिजयी भएको नेपाल तेस्रो सेट २५–२१ ले बिजयी भएको थियो । तर चाैथाे सेट २५–२० ले गुमाएकाे नेपाल पाँचाैं सेटमा १५- ६ ले पराजित भएकाे थियाे ।

फाइनलमा पराजित भएपछि नेपालले रजत पदकमा चित्त बुझाएकाे छ । साग भलिबलमा नेपालले पहिलाे पटक रजत पदक जितेकाे हाे ।

Loading...