तेक्वान्दोमा नेपाललाई नवौं स्वर्णं, वीरबहादुरले जिते ‘गोल्ड’

काठमाडौं, १७ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा अर्को सफलता हात पारेको छ । मंगलबार भएको पुरुष ६८ केजीमुनी गेरुगीतर्फ नेपालका वीरबहादुर महराले स्वर्ण जितेका हुन् ।

यस विधामा पाकिस्तानी खेलाडीले रजत हात पारे । महरासँग पराजित पाकिस्तानका खेलाडी मोहमद फाहिमले रजत पदक जिते । यस जितसँगै नेपालले तेक्वान्दोमा ९ स्वर्ण जितेको छ ।

Loading...