visit-nepal

जाडोमा शरीर तातो बनाउनका लागि गुन्द्रुक, बनाउने विधि

विराटनगर, १७ मंसिर । जाडोको समयमा गुन्द्रुकको झोल खाँदा जाडो त्यसै भाग्ने गर्छ । एउटा नेपाली उखान नै रहेको छ ‘गुन्द्रुक पकाउन र साली फकाउन गाह्रो हुँदैन । अलिकति मन लगाएर भुलुक्क उमालेपछि गुन्द्रुकको तातो सुप खान तयार भइहाल्छ । हरेक नेपालीको भान्सामा गुन्द्रुक सजिलै संग पाइन्छ । आजकल बजारमा समेत गुन्द्रुक सजिलै किन्न पाइन्छ । यसलाई पकाउन पनि निकै सजिलो हुन्छ र यसको स्वाद पनि निकै मिठो हुन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा अरु तरकारी नहुदा विकल्प बन्न सक्ने हुदा मानिसहरू गुन्द्रुक खान निकै रुचाउछन् । हरेक घरमा पाक्ने गुन्द्रुकको झोल आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

गुन्द्रुकको झोल बनाउन चाहिने सामग्री : गुन्द्रुक, उसिनेर मसिनो गरि मुछिएको आलु, टमाटरको पेस्ट, प्याज, लसुन अधुवाको पेस्ट, स्वाद अनुसार नुन, खुर्सानी, बेसार, जीरा र धनियाको मसला, पड्काउनका लागि मेथी, तेल

बनाउने विधि : एउटा भाडामा तेल तताएर मेथी पड्काएर गुन्द्रुक भुट्नु होस् । यसरी सुरुमा गुन्द्रुक भुट्दा गुन्द्रुकको स्वाद धेरै आउने गर्छ । त्यसपछि प्याज हालेर खैरो नहुजेल भुटेपछि टमाटरको पेस्ट, लसुन अदूवाको पेस्ट, अलिकति बेसार, नुन खुर्सानी, तथा धनिया र जिराको मसला राखेर मज्जाले भुट्नु पर्छ । टमाटरमा मसला राम्ररी मिसिएपछि आलुलाई उक्त भाडामा राखेर एकछिन पाक्न दिएपछि आफूलाई चाहिने जति पानी राखेर सुप बनाउनुहोस् । ४ देखि ५ मिनेटसम्म मज्जाले उमालेर तातो, अमिलो तथा पिरो झोललाई भात संग वा सुप मात्रै पिएर आफ्नो जिउलाई न्यानो बनाई रुघाखोकी हटाउनुहोस् ।

Loading...