fbpx

उर्लाबारीमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

मोरङ, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका–५ झुम्राहास्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना८ख ७०५३ नम्बरको टिफरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी राधिकाकुमारी मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलतर्फ खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले टिपर र टिपर चालक मोरङको रतुवामाई नगरपालिका–५ बस्ने ३० वर्षीय आशिष कठेतलाई नियन्त्रणमा लिएको छ ।

Loading...