तेक्वान्दोमा नेपाललाई अर्को स्वर्ण, काजलले जितिन् ‘गोल्ड’

काठमाडौं, १७ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण हात पारेको छ । मंगलबार भएको महिलातर्फको तेक्वान्दोमा नेपालकी काजल श्रेष्ठले स्वर्ण जितेकी हुन् ।

काजलले ४६ केजीको गेरुगीमा स्वर्ण जितिन् । रजत भने पाकिस्तानले हात पार्यो । काजलसँग पराजित पाकिस्तानकी सायद जादीले रजत हात पारिन् ।

Loading...