रोहित र अजयको टिमअप, गोलमाल ५ बन्ने

विराटनगर, १७ मंसिर । बलिउडमा चर्चित निर्देशक रोहित सेट्टी र अभिनेता अजय देवगणको फेरी एकपटक टिमअप हुने भएको छ । रोहित र अजयको टिमअप ‘गोलमालको पाचौं सिरिज’ का लागि हुने भएको हो । ‘इट्स फन अनलिमिटेड’ भन्ने मुल मन्त्र लिएर फिल्मको नाम ‘गोलमाल ५’ राख्ने भएको छ ।

फिल्मका हरेक सिरिजले बक्स अफिसमा धमकेदार व्यापार गर्दै आएका छन् र फिल्मको पाचौं सिरिजको लागि समेत दर्शकहरू निकै उत्साहिक रहेका छन् । फिल्ममा यसअगाडिका सिरिज जस्तै मुख्य भूमिकामा अर्साद वार्सी, तुषार कपुर, श्रेयस तलपडे, कुनाल खेमु, मुकेश तिवारी रहने पक्का भएको छ ।

फिल्मका लागि मुख्य अभिनेत्री भने फाइनल गरिएको छैन । रोहित र अजयले संगै काम गरेको फिल्म ‘गोलमालका ४ सिरिज, सिंघम, अल दि बेष्ट’ लगायतका चलचित्र बक्स अफिसमा हिट मानिन्छन् । यी दुइको टिमअपलाई लिएर बलिउडमा पनि खुबै चर्चा हुने गर्दछ । फिल्मलाई सन् २०२१ मा रिलिज गर्ने बताइएको छ ।

Loading...