साग : पुरुष भलिबलमा भारतलाई स्वर्ण

काठमाडौं, १७ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष भलिबलमा भारतले स्वर्ण जितेको छ । मंगलबार भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलको पहिलो सेट पाकिस्तानले जितेपनि भारतले खेलमा पुनरागमन जनाएको थियो । पहिलो सेट २०–२५ ले गुमाएको भारतले त्यसपछिको तीन सेट २५–१५, २५–१७ र २९–२७ को स्कोरमा जितेको हो । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

Loading...