कराँतेमा नेपाललाई अर्को सफलता, सुनिताले जितिन् स्वर्ण

काठमाडौं, १७ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को सफलता हात पारेको छ ।

मंगलबार भएको कराँते महिलातर्फ नेपालकी सुनिता महर्जनले स्वर्ण जितेपछि कराँतेमा नेपालले अर्को सफलता हात पारेको हो । सुनिताले महिला कुमुतेको ६८ केजीमुनि स्वर्ण पदक हात पारेकी हुन् ।

Loading...