fbpx

पाँचथरमा आगलागीबाट जलेर एक वृद्धाको मृत्यु

पाँचथर, १७ मंसिर । पाँचथरमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङका ७० वर्षीया टंकरानी थाम्सुहाङको आगलागीबाट मृत्यु भएको हो ।

सोमवार राति साँढे ११ बजे उनको घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी भई बाँसको टाटी बेरा भएको १ तले कच्ची घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी वृद्धाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Loading...