Rumpum

Rumpum Advertisement

धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटा १७ मंसिर । धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीगाउँका ५२ वर्षीयलाल बहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

गत आइतबार रातीघरबाट हिडेका कार्की सोमबार दिउँसोसम्म घर नआएपछि आफन्तहरुले खोजी गर्ने क्रममा उनको शव भेटिएको हो । सोमबार दिउँसो उनको शव छुम्लिङ भीरमा भेटिएको हो ।

घटनाका विषयमा प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।