visit-nepal

सागमा आज २० स्वर्णको लागि खेल हुँदै, महिला भलिबलमा नेपालको आशा

काठमाडौं १७ मंसिर । दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार (आज)२० स्वर्ण पदकको छिनोफानो हुने छ । भलिबल खेलको पुरुष तथा महिला खेल मंगलबार सम्पन्न हुने छ ।

पुरुषतर्फको उपाधिका लागि भारत र पाकिस्तान तथा महिलातर्फ नेपाल र भारत स्वर्णको लागि प्रतिस्पर्धा गनृे छन् ।

मंगलबारदेखि एथलेटिक्सका खेलहरु पनि संचालन हुनेछन् । १ हजार ५ सय मिटर पुरुष र महिला दौड, सटपुट पुरुष र महिलाको खेल आज नै हुने छन् । एथलेटिक्समा १ सय र ४सय मिटर दौड तथा हर्डल्सका हिट पनि आजै हुने छ ।

यस्तै कराँतेमा ६ वटा स्वर्णको लागि आज प्रतिस्पर्धा हुँदै छ । यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको लागि पनि आजै खेल हुने छ । टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेल, ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ ।

फुटबलमा नेपालले भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

मंगलबारदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।

मंगलबारदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा हुँदैछन् । सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलको स्वर्ण कस्को हुने भन्ने तय हुने छ ।

Loading...