पाइल्सदेखि क्यान्सर निवारण गर्ने मुला खानुका फाइदाहरू

विराटनगर १७ मंसिर । मुलालाई तरकारी, अचार, सलादको रुपमा सेवन गरिन्छ यो सजिलै बजारमा उपलब्ध हुन्छ । आयुर्वेदका अनुसार मुलाको सेवन गर्दा स्वास्थ्यमा अनेकौं फाइदाहरू हुन्छन् ।

मुलामा डाइट्री फाइबर्सहरू प्रसस्त मात्रामा पाइने हुदा यसको सेवनले पाचन प्रक्रियालाई राम्रो गरेर कब्जियतको समस्यालाई हटाई दिसालाई मुलायम बनाउनुका साथै पेट सम्बन्धि विभिन्न समस्याहरू कम गर्न मद्दत गर्छ ।

मुलामा धेरै फाइबर र ज्यादै कम मात्रामा क्यालोरी पाइने हुदा यसले शरीरको अनावश्यक तौललाई नियन्त्रण गर्न मद्दत गर्छ । मुलामा प्रशस्त मात्रामा पानी पाइने हुदा यसले शरीरमा पानीको आपूर्ति गरि पिसाब तथा मिर्गौलाजन्य रोगको समस्यालाई हटाउन सहयोग गर्छ । मुलामा भिटामिन एु, बी र सी पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको ज्योतिलाई बढाउन सहयोग मिल्छ ।

मुलाको नियमित सेवनले शरीरको चिनी तथा इन्सुलिनको मात्रालाई नियन्त्रण गर्ने हुदा मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाएर क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम कम गर्छ ।

नियमित काँचो मुला सेवनले पेट र आन्द्रामा हुने क्यान्सरको जोखिमलाई कम गर्दछ । मुलाले शरीरलाई चिसो बनाउने काम गर्ने हुदा शरीरमा हुने जलनलाई समेत कम गर्छ ।

मुला पायल्सका लागि पनि अचुक औषधि मानिन्छ । मुलालाई नियमित रुपले सेवन गर्दा पाइल्स रोग एक महिनामै निको हुने चिकित्सकहरूले समेत बताउदै आएका छन् । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या एक महिनामै समाधान हुन्छ भने पाइल्स लाग्नबाट समेत बच्न सकिन्छ । पाइल्सका रोगीले काँचो मुलालाई सलादको रुपमा, पिसेर, यसको रस निकालेर सेवन गर्नु उपयुक्त हुन्छ ।

Loading...