fbpx

प्रधानमन्त्रीको स्वास्थ्यको कारण प्रचण्डको चीन भ्रमण स्थगित

काठमाडौं १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार जारी रहेको कारण नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगित भएको छ ।

आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरेका प्रचण्डले सोमबार भ्रमण स्थगित गरेका हुन् । उनले चिनियाँ राजदूतलाई भ्रमणमा जान नसक्ने बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको टोलीको नेतृत्व गर्दै २४ मंसिरमा चीन जाने कार्यक्रम थियो । चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने तय भएपनि हाललाई स्थगित गर्नु परेको श्रोतले जनाएको छ ।

नेकपाका नेताहरुबीच उनले छलफल गरेर चीन भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री ओली उपचारको क्रममा अस्पतालमा रहेको हुनाले यो बेला भ्रमणमा जान उपयुक्त नरहेको प्रचण्डले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएका हुन् ।

Loading...