fbpx

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढ्यो

काठमाडौं १६ मंसिर । नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दर मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ९ रुपैयाँ कायम भएको छ । यस्तै डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) सँग मुल्य समायोजन गर्न पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतको भनाई छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

Loading...