fbpx

तेह्रौँ सागमा नेपालको स्वर्ण पन्ध्र पुग्यो

काठमाडौं १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिनको खेल सकिँदा नेपालले १५ वटा स्वर्ण जितेको छ ।

२४ स्वर्ण पदकको लागि भएका खेलमा नेपालले १५ वटा जित्न सफल भयो । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा १ स्वर्ण नेपालले जितेको हो ।

नेपालले कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको छ । यसैगरि तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक नेपालको भागमा परेको छ ।

सागमा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै भारत ३ स्वर्ण, ८ रजत र ३ कास्यसहित दोस्रो, श्रीलङ्का ३ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो स्थानमा छ ।

पाकिस्तान २ स्वर्ण, ३ रजत र ५ कस्यसहित चौथो, बङ्गलादेश १ स्वर्ण र १२ कास्यसहित पाँचौँ र भुटान १ कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले दोश्रो दिनको खेल सकिँदासम्म पदकविहिन छ ।

यसैबीच सागको पोखरामा हुने खेलको सोमबार औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा रंगशालामा एक कार्यक्रमका बीच साग उद्घाटन गरे ।

Loading...