fbpx

रूसी ग्यास पाइपलाइन चीन पुर्‍याइयो, पुटिन र सीले गरे उद्घाटन

मस्को १६ मङ्सिर । रुस र चीनबीच ग्यासको ओसारपोसार पाइपलाइनबाट सुरु भएको छ । सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको हो ।

विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले एक कार्यक्रमका बीच ग्यास पाइपलाइनको उद्घाटन गरे ।

उद्घाटन गर्दै पुटिनले ऐतिहासिक काम भएको बताए । विश्वको उर्जा बजारका लागि मात्रै चीन र रसियाको लागि पनि महत्वपूर्ण भएको उनको भनाइ छ । चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुना भएको बताए । पाइपलाइन विस्तारसँगै दुई देशको सम्वन्धलाई थप उचाइमा पु¥याउने विश्वास पनि उनले व्यक्त गरे ।

दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सिमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म ग्यास पाइपलाइन जोडिएको छ । तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ । यसलाई राष्ट्रपति पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको भएको बताए ।

पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने भएको छ । पूर्ण क्षमतासहित सञ्चालन हुँदा पाइपलाइनबाट प्रति बर्ष ३८ अर्ब क्युविक मिटर ग्यास निर्यात गर्न सकिने अधिकारीहरूले जनाएका छन् ।

Loading...