fbpx

वर्षाको कारण भारतमा सत्र जनाको मृत्यु

भारत १६ मङ्सिर । भारतको तमिलनाडुमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा ४ परिवारका १७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको हो ।

मुसलधारे वर्षापछि घर तथा पर्खाल भत्किएको थियो । बिहान करिब ६ बजे बर्षातको कारण घर तथा पर्खाल भत्किएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ ।

गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।

Loading...