fbpx

विराटनगरमा वडा प्रहरी कार्यालय अगाडीबाटै सहकारीको कर्मचारी लुटिए

विराटनगर, १६ मंसिर । विराटनगरमा वडा प्रहरी कार्यालय अगाडीबाट सहकारीको कर्मचारी लुटिएका छन् । सोमबार बेलुका करिब ५ :४० बजे वडा प्रहरी कार्यालय विराटनगर ‘क’ अगाडीबाटै नयाँ जीवन बचत तथा ऋण सहकारी (न्यूलाइफ) संस्थाका कर्मचारी लुटिएका हुन् ।

बजारबाट बचत संकलन गरी कार्यालय तर्फ फर्कदै गरेकी कर्मचारी डिएसपी रोडमा रहेको एनआइसी एसिया बैंक नजिकबाटै लुटिएकाे सहकारीका बजार व्यवस्थापक कृष्ण खड्काले जानकारी दिए । रकम संकलन गरेर साइकलमा फर्कदै गरेकाे अवस्थामा पुष्पा खड्काको साथबाट करिब ४० हजार रुपैयाँ नगदसहितको ब्याग लुटिएको खड्काले बताए ।

कालो रङको मोटरसाइकलमा आएका दुई व्यक्तिले ब्याग खोसेर प्रहरी कार्यालय अगाडीबाटै भागेका थिए ।

कर्मचारी लुटिएको स्थानबाट करिब १०० मिटर पूर्व तर्फ वडा प्रहरी कार्यालय छ । डिएसपीको कमाण्डमा रहेको कार्यालय अगाडी २४ सै घण्टा प्रहरी डिउटीमा हुन्छन् । डिउटीमा रहेका प्रहरीकै अगाडीबाट ब्याग खोसेर दुई युवक भोगका हुन् ।

सहकारीका कर्मचारी लुटिएको जानकारी आएलगतै रकम लुटेर भागेकाहरुको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । ब्याग चोरी भएको सूचना आएलगतै प्रहरी परिचालन भएको उनले बताए ।

Loading...