fbpx

ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील र आल्मुनियममा अमेरिकाले कर बढाउने

वासिङ्टन १६ मङ्सिर । अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीटमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील, आल्मुनियमलगायतका सामानमा अमेरिकी प्रशासनले कर वृद्धि गर्न लागेको बताए ।

सन्देशमा ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले भन्दै ति देशबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर वृद्धि गर्न लागेको जनाएका छन् । कर वृद्धिको निर्णय तत्कालै लागु गर्ने उनको भनाई छ ।

अमेरिकी ट्रम्प प्रशासनले हरेक कुरामा ‘अमेरिका प्रथम’ भन्ने नीतिलाई अघि सार्दै यस अघि चीन, जापान, भारत,मेक्सिकोलगायतका देशबाट आयात गर्ने सामानहरूमा पनि कर वृद्धिको घोषणा गरेको छ ।

Loading...