fbpx

विराटनगर विमानस्थल मध्यम स्तरको मात्र बन्ने

रंगेली १६ मंसिर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले विराटनगर विमानस्थल मध्यम स्तरको मात्र बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलको गुरुयोजनामाथि भएको छलफलमा सोमबार मन्त्री भट्टराईले पूर्ण रुपमा अन्तराष्ट्रिय स्तरको नबन्ने बताएका हुन् । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।

उनले जग्गा अधिग्रहण लगायतका विषयमा प्रदेश र स्थानीय सरकारले सहयोग गरे विमानस्थल निर्माणको काम संघीय सरकारको उड्डयन प्राधिकरणले बताए ।  उनले पोखरा र लुम्बिनिको जस्तो अन्तर्राष्ट्रिय स्तरको नभएर मध्यम खालको विराटनगर विमानस्थल बन्ने पनि प्रष्ट पारे ।

विराटनगर र प्रदेशवासीले विराटनगर विमानस्थालाई अन्तर्राष्ट्रिय स्तरको विमान स्थाल बनाउन माग गरिहेको बेला मन्त्री भट्टराईले २५ सय मिटरको धावन मार्गको विमानस्थल बनाउने बताए । अन्तर्राष्ट्रिय स्तरको विमान स्थाल निर्माणको लागी ३ हजार मिटरको धावन मार्ग आवश्यक पर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमाबार गुरुयोजना परिमार्जनका लागी सुझाव संकल गर्ने गरी प्रदेश १ सरकार, स्थानीय सरकार र सरोकारवालाहरुसँग छलफल गरेको थियो । प्रधिकरणले सन् २०४० भित्रमा मात्र विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने गुरुयोजना बनाइरहेको जनाएको छ ।

मन्त्री भट्टराईले साना विमानलाई काठमाण्डौ प्रवेशमा रोक लागाउने तयारी भइरहेको पनि बताए । त्यसैगरी काठमाण्डौ बाहिर ‘बेस’ बनाउने भनेर अनुमति लिएर काठमाण्डौमै बस्दै आएका विमान कम्पनिलाई पनि कडाई गरिने बताए । ‘ जुन एरपोर्टमा रात बस्ने अनुमति लिएको छ त्यहि बस्नु पर्छ ।’

नेपाल वायुसेवा निगमले कम्तिमा ५ वटा साना जहाज थप्ने योजना रहेको पनि उनले बताए । त्यस्ता जहाज प्रदेशको राजधानीका विमानस्थलमा राख्ने र प्रदेशका अन्य विमान स्थलमा उडान भर्ने व्यवस्था मिलाईने बताए ।

अन्तरक्रियामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ३ हजार मिटर धावन मार्गको लागी आवश्यक जग्गा अधिग्रहणको लागी तत्काल मन्त्रिपरिषदबाट पास गराउन आग्रह गरे । उनले हालका लागि २५ सय मिटर धावन मार्ग निर्माणको कामलाई तत्काल अगाडी बढाउन पनि मन्त्री भट्टराईलाई आग्रह गरेका थिए ।

‘प्रदेश १ सरकार विराटनगर विमान स्थाल निर्माणको लागी साझेदार गर्न तयार छ ।’  उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नबन्ने भनिरहदाँ मुख्य मन्त्री राईले सिंगापुर र चाइनाले अन्तर्राष्ट्रिय स्तरको बनाइदिने प्रस्ताव आइरहेको सुनाए ।

नेपाल उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेलले विराटनगर विमान स्थलमा तत्काल १ सय ४० मिटर धावन मार्ग थपिने बताए । उनले विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमात्र बन्न सक्ने बताए ।

भारतसँगको नजिक भएकोले ठूला जहाज अवतरण गराउदा भारतसँग अनुमति लिनु पर्ने हुन्छ । उनले विराटनगर विमान स्थलमा राडारकाको काम गर्ने एडिएसबि उपकरण जडान गर्न लागीएको पनि बताए ।

उनले विराटनगर विमानस्थलमा भू–उपग्रहमा आधारित प्रणली जडान गर्न लागीएको पनि जानकारी दिए । नेपालका ३३ वटा विमानस्थलको धावनमार्ग कालो पत्रे गरिसकेको उनले बताए ।

प्रदेश १ का वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री जगदिश कुसियतले खुल्ला सिमाना भएको कारणले भारतिय यात्रुले पनि सुविधा लिन सक्ने बताए ।

अहिले विराटनगर विमानस्थाल १ सय २० बिघा जमिनमा फैलिएको छ । यो विमानस्थलमा ५ वटा जहाज पार्किङ गर्न सकिने छ । यसको धावन मार्ग १५ सय मिटर रहेको छ । सुरक्षको पनि चुनौती रहेको इन्जिनियर गुरुदत्त अधिकारीले कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

Loading...