fbpx

स्वास्थ्यमा सुधार आएको जानकारी दिन प्रधानमन्त्रीको भिडियो सन्देश

देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन खेलाडीलाई आग्रह

काठमाडौं १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत सोमबार उनले शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उपचारका लागि हप्ता–दश दिन लाग्ने भएको र स्वास्थ्यमा राम्ररी सुधार भइरहेको जानकारी दिँदै मुख्य शल्यक्रियापछि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले आइतबारको १३ औँ दक्षिण एशियाली खेलकुद(साग) को उद्घाटन समारोह आइप्याडमा हेरेको समेत बताए । उनले मैत्रीपूर्ण खेलबाट देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली एवं सार्क क्षेत्रका खेलाडी सबैलाई आग्रह गरे ।

केपीशर्माओली डट कम डट एनपीमा २ मिनेट १३ सेकेण्ड लामो भिडियो सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

Loading...