fbpx

तेक्वान्दोमा आयशा र सञ्जीवको जोडीलाई स्वर्ण, आयशाको लगातार ‘गोल्ड’

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले अर्को एउटा स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार आयशा शाक्य र सञ्जीवकुमार ओझाको जोडीले स्वर्ण जितेका हुन् । पुम्सेको एकल इभेन्टमा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन् ।

asf

सोमबारै भएको तेक्वान्दो खेलमा आयशाले स्वर्ण पदक जितेकी थिइन् । दुई सन्तानकी आमासमेत रहेकी आयशाले २९ वर्षमाथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन् ।

योसँगै उनले सागमा कूल स्वर्णसंख्या तीन पुर्याएकी छन् । यसअघि उनले ११औं सागमा स्वर्ण जितेकी थिइन् ।

Loading...