fbpx

हाँसेर आफ्नो शरीरको तौल घटाउनुहोस्

विराटनगर. १६ मंसिर । हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो पनि हुन्छ । हाँस्दा शरीरका अंगहरू सक्रिय हुनुका साथै मुड पनि फ्रेस हुन्छ । दिल खोलेर हाँस्दा तनाव कम हुन्छ । मज्जाले खित्का छोडेर हास्दा शरीरलाई स्वास्थ्य बनाउने एक किसिमको हर्मोन उत्पन्न हुन्छ जसले शरीरको रोग प्रतिरोघत्मक क्षमता बढाउनका लागि मद्दत गर्छ । हाँस्दा मुटुको रक्षा हुन्छ, बौद्धिक स्तर बढ्नुका साथै मानिसको आयु पनि बढ्छ ।

हाँस्नुलाई प्राकृतिक औषधि पनि मानिन्छ । खुलेर हाँस्दा शरीरबाट क्यालरी खर्च हुन्छ र हाँस्दा खर्च हुने क्यालोरी र हिड्दा खर्च हुने क्यालोरीको अनुसन्धान गर्दा हिड्दा भन्दा हाँस्दा धेरै क्यलारी खर्च हुने पाइएको छ । भूईमा लडेर पेट मिची मिची अनियन्त्रित तरिकाले हाँस्नाले शरीरको अनावाशक तौल समेत घटाउन सकिन्छ । खित्का छोडेर हाँस्दा १००-१२० क्यालोरी र नदेखाई भित्रै मुसुमुसु हाँस्दा करीब २० क्यालोरी सम्म खर्च हुने गर्छ ।

खुलेर हाँस्दा शरीरमा रक्तप्रवाह राम्ररी हुनुका साथै मुटुका मांसपेसीको समेत व्यायाम हुने गर्छ । हाँस्नका लागि मुख खोल्दा शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्छ । अनिद्राको समस्या हटाउन पनि हाँस्न निकै जरुरी हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता हराएर दिमागमा नकारात्मक भावना पैदा हुन दिँदैन । हासेर शरीरको तौल घट्छ भन्दैमा व्यायाम नगरी हासेको हासेइ पनि गर्नु हुदैन ।

हाँस्नु व्यायामको बिकल्प होईन तर, जवसम्म आफ्नो व्यायामलाई नियमीत बनाउन सक्ने हुदैनौ तब हामीले सके सम्म खुलेर हास्ने गर्नुपर्छ । योगमा समेत हस्यासन गरिन्छ । उक्त आसनमा मानिसहरू हरेक पिडा भुलाई दिल खोलेर हास्ने गर्छन् । हाँस्दा शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै जिउलाई हलुका महसुस गराउछ । टिभीमा कमेडी कार्यक्रम हेर्दाहेर्दै पनि आफ्नो तौल घटाउन सकिन्छ तर, उक्त कार्यक्रम हेरिरहदा खाएर हेर्नु हुदैन ।

Loading...