fbpx

‘संझना विर्सना’को छायांकनमा छुल्ठिमको प्रवेश

विराटनगर, १६ मंसिर । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा सिलगुडीमा आफ्नो नयाँ फिल्ममा ब्यस्त रहेका छन् । यिनीहरू फिल्म ‘संझना विर्सना’को छायांकनमा व्यस्त रहेका हुन् । सिलगुडीमा फिल्मको छायांकन सके संगै दार्जिलिङ्ग, सिक्किममा पनि हुनेछ । धमाधम फिल्मको छायांकन सुरु भएपछि फिल्ममा नायिका छुल्ठिम गुरुङको प्रवेश भएको छ ।

फिल्ममा पूजा र आकाशसँगै छुल्ठिमको पनि मुख्य भूमिका रहेको निर्माणपक्षले जानकारी दिएको छ । निमेष प्रधानको निर्देशनमा तयार हुदै गरेको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेका छन् । फिल्मको कथावस्तुको बिषयमा भने निर्माण टिमले कुनै जानकारी नगराए पनि फिल्मको नामले फिल्म लब स्टोरीमा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।

आदित्य फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मलाई शिव ढकालले छायांकन गरिरहेका छन् । निरन्तर असफल फिल्महरूका कारण समस्यामा परेकी छुल्ठिमलाई ठुलो ब्यानर र नाम चलेका कलाकारहरूसंगको अभिनयले गर्दा ‘संझना विर्सना’ले उनको करियरमा राहत दिने अपेक्षा गर्न सकिन्छ ।

Loading...