fbpx

तुइन चुडिएर अरुण नदीमा खस्दा १ जना बेपत्ता

संखुवासभा, १६ मंसिर । तुईनद्वारा अरुण नदी तर्ने क्रममा तुइन चुडिएर नदीमा खस्दा १ जना बेपत्ता भएका छन् । आइतवार दिउँसो २ बजे छुम्सुरबाट रिदाकतर्फ हिँडेका भोटखोला गाउँपालिका–२ का ३० वर्षीय ओङ्दी भोटे तुइन चुडिएर बेपत्ता भएका हुन् ।

नदी तर्ने क्रममा अचानक तुइनको नट खुस्कीएर अरुण नदिमा खस्दा उनी बेपत्ता भएका हुन् । नदीमा खसेर बेपत्ता भएका भोटेको प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी समेतको संयुक्त टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Loading...