fbpx

तेक्वान्दोमा नेपाललाई अर्को सफलता, दुई सन्तानकी आमा आयशाले जितिन् स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालले अर्को सफलता हात पारेको छ । सोमबार भएको तेक्वान्दो खेलमामा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।

आयशाले २९ वर्षमाथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन् । नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छन् । २३ वर्षदेखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ पार्वतीले स्वर्ण पदक हात पारेकी हुन् ।

उनले श्रीलंकाका र भारतका खेलाडीलाई उछिन्दै गोल्ड हात पारिन् । यस प्रतिस्पर्धामा श्रीलंकाले रजत जित्दा भारतले कास्य पदक जितेको छ । त्यसअघि कमल श्रेष्ठ र सीना मादेन लिम्बूले पनि स्वर्ण जितेका थिए । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् ।

सीनाले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितिन् । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाए ।

Loading...