fbpx

‘चपली हाइट ३’मा नयाँ गेटअपमा अर्पणको इन्ट्री

विराटनगर, १६ मंसिर । धमाधम छायांकन भइरहेको फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । फिल्मका निर्माता अर्जुन कुमारले अर्पणको लुक्स सार्वजनिक गर्दै फिल्ममा इन्ट्री भएको बताएका छन् ।

अर्पणको भूमिकालाई हेर्दा उनी फिल्ममा भिलेनको भूमिकामा देखिन लागेको अनुमान लगाउन सकिन्छ । फिल्ममा अर्पणको इन्ट्रीसँगै टिम झनै बलियो बनेको देखिन्छ । आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ दर्शकको लागि उपहार हुनेगरी चैत २८ गतेका दिन रिलिज मिति तय गरिएको छ ।

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहेको छ । ‘चपली हाइट ३’मा स्वस्तिमाले सोझी युवतीको भूमिका निर्वाह गरेकी छन् भने उनको जोडी महेश त्रिपाठीसँग बाँधिएको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको फिल्मलाई थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर नौलो कथामा निर्माण गरिएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।

Loading...