fbpx

साग : पार्वतीले दिलाइन् तेक्वान्दोबाट तेस्रो स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका लागि पार्वती गुरुङले स्वर्ण पदक जितेकी छन् । सोमबार भएको सागको तेक्वान्दोअन्तर्गत पार्वतीले ‘गोल्ड’ जितेकी हुन् ।

२३ वर्षदेखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ पार्वतीले स्वर्ण पदक हात पारेकी हुन् । उनले श्रीलंकाका र भारतका खेलाडीलाई उछिन्दै गोल्ड हात पारिन् । यस प्रतिस्पर्धामा श्रीलंकाले रजत जित्दा भारतले कास्य पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेबाट नेपालले तेस्रो स्वर्ण जितेको हो । यसअघि कमल श्रेष्ठ र सीना मादेन लिम्बुले पनि स्वर्ण जितेका थिए ।

Loading...