fbpx

साग : कराँतेमा नेपालका लक्ष्मणलाई स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत कराँते नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका हुन् ।

sdaf

५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गर्दैै लक्ष्मणले ‘गोल्ड’ जिते । बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकाले । त्यसअघि उनले समूह चरणमा श्रीलंकाका खेलाडीलाई पराजित गरेका थिए ।

कराँते काताको चारमध्ये तीन स्वर्ण जितेको नेपाल फाइट विधाबाट पनि स्वर्ण थप्ने योजनामा छ ।

Loading...