fbpx

बलात्कार आरोप लागेको कृष्ण गिरीलाई चार दिनको म्याद थप, पुनः अस्पताल फर्काइयो

विराटनगर, १६ मंसिर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले चार दिनको म्याद थप गरेको छ । जिल्ला अदालत सुनसरीले बलात्कार मुद्धामा अनुसन्धानका लागि चार दिन म्याद थप भएको हो ।

म्याद थपपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा फर्काइएको छ । अदालतले गिरीलाई अस्पतालमै राख्न अदालतले आदेश दिएको हो । नर्सिङ होममै उपचाररत उनलाई सोमबार बिहान सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

sadfdfsg

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । सिद्धबाबा कृष्णदास महराज भनिने गिरी गत बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना भएका थिए । उनलाई व्हिलचेयरमा राखेर अदालत र्पुयाइएको थियो ।

महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Loading...