fbpx

‘झिँगेदाउ’ मा आँचलको यस्तो लुक्स

विराटनगर, १६ मंसिर । फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माको अहिलेको भन्दा फरक भूमिकामा देखिएकी छन् । फिल्ममा उनले गाउँले भूमिका निभाएको देखिन्छ । आइतबार फिल्मको निर्माण टिमले आँचलको फिल्ममा भएको लुक्स सार्वजनिक गरेको छ । फिल्ममा आँचललाई निकै फरक गेटअपमा देख्न सकिन्छ ।

सार्वजनिक गरिएको तस्विरमा आँचलको सिउँदोमा सिन्दूर, घाँटीमा हरियो पोते, रातो रंगको साडी र गुन्यू चोलीमा देख्न सकिन्छ । साथै, हातमा हँसिया र गाईवस्तुका लागि पिँठ्युमा घाँसले भरिएको डोको बोकेको पनि प्रष्ट देखिन्छ । फिल्ममा उनले विकट गाउँमा विवाहित महिलाको भूमिका निभाएकी छन् ।

पहिलोपटक फरक भूमिका निर्वाहा गर्न पाएकी आँचल भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् र दर्शकहरू फिल्मप्रति कौतुहलता जगाएको छ । फिल्ममा अभिनेता मुकुन भुषाल, अभिनेत्री केकी अधिकारी, आँचल र नवअभिनेता कुशल विष्टको मुख्य भूमिका रहेको छ । साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर निर्माण हुने फिल्ममा महिला केन्द्रित विषयहरू उठाइएको छ ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने यस फिल्मलाई निर्देशक स्वयम्ले निर्माण गर्दै छन् । विष्णु कल्पितको छायांकनमा तयार हुने फिल्मको कला निर्देशक पासाङ टी शेर्पा रहेका छन् भने फिल्ममा अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहेको छ । फिल्मको छायांकन खोटाङको हलेसीमा सकेर निर्माण टिम भकुन्डेवेसी झरेको छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन र रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

Loading...