fbpx

सागमा नेपाललाई छैटौं स्वर्ण : कराँते पुरुष टिम कातामा ‘गोल्ड’

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले छैटौं स्वर्ण हात पारेको छ । सोमबार भएको कराँतेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालका लागि मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रवीन मानन्धरको टिमले स्वर्ण पदक हात पारेको हो । योसँगै मन्डेकाजीले दोहोरो ‘गोल्ड’ हात पारे । मन्डेकाजी श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए ।

sadf

कराँतेको व्यक्तिगत पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन् । यसअघि नेपालका लागि सोनी गुरुङ, कमल श्रेष्ठ, कराँतेको महिला टिम काता, सिना लिम्बू माडेनले स्वर्ण पदक जितेका छन् ।

१३औं साग : नेपालको खातामा पाँच स्वर्ण

Loading...