fbpx

१३औं साग : नेपालको खातामा पाँच स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हालसम्म नेपालले पाँच वटा स्वर्ण पदक हात पार्न सफल भएको छ । पोखरा र ललितपुरमा भएको खेलमा नेपालले पाँच स्वर्ण जितेको हो ।

नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिलातर्फ, तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा र व्यक्तिगत कराँते कातातर्फ स्वर्ण पदक हात पारेको हो । पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितिन् ।

पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले पहिलो पटक स्वर्ण पदक हात पारेकी हुन् ।

sdg
फोटो : रेवन दाहाल

यस्तै मन्डेकाजी श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाए । कराँतेको व्यक्तिगत पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन् ।

sadf

सागको तेक्वान्दोतर्फ कमल श्रेष्ठले स्वर्ण पदक जिते । कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे । तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले ८.२७० अंक प्राप्त गर्दै स्वर्ण जिते भने दोस्रो स्थानमा रहेका राहुलले ८.२०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडीनले ८.५० अंक प्राप्त गरे ।

यसैगरी कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जित्यो । आजै भएको महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो । काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको हो ।

sdaf

महिला टिम कातामा पाकिस्तान दोस्रो बनेको छ । सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो । समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो ।

यसैगरी कराँते अन्तर्गतको पुम्सेमा महिलातर्फ नेपालका लागि सिना लिम्बू माडेनले स्वर्ण पदक जितिन् । सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन् । २३ वर्षमुनिको महिला पुम्सेमा नेपालले गोल्ड मेडल हात पारेको हो। योसँगै नेपालले पाँच वटा स्वर्ण हात पारिसकेको छ। यस अघि कराँते पुम्सेमा नेपालका कमलले श्रेष्ठले स्वण जितेका थिए।

Loading...