साग : महिला टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । सोमबार भएको महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो ।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको हो । महिला टिम कातामा पाकिस्तान दोस्रो बनेको छ । सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो ।

समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो ।

Loading...