fbpx

घरकै सामान्य काम गरे व्यायाम गर्नु पर्दैन

विराटनगर, १६ मंसिर । दैनिक २ घण्टा मात्र पनि घरको काम गर्नाले सजिलै शरीरमा भएको अनावश्यक क्यालोरी बर्न गरि तौल घटाउन सकिन्छ । यसरी शरीरको अनावश्यक तौल सजिलै घट्ने हुँदा व्यायाम गरिरहनु पर्दैन ।

घरका सामान्य मानिने कामहरू गर्दा व्यायाम नगरे पनि हुने कुरा विभिन्न अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् । व्यायाम गर्नका लागि समय निकाल्न नसक्ने मानिसहरू वा जिम वा डान्स क्लास जान पैसा खर्च गर्न मन नलागेमा दैनिक घरको सामान्य कामहरू गर्दा फिट हुनुका साथै शरीरको अनावश्यक तौल घटाउन सकिन्छ ।

दैनिक घर सफा गर्दा झाडु र साफी लगाउनाले मात्र पनि शरीरको ३०० देखि ३५० सम्म क्यालोरी बर्न गर्न सकिन्छ । दैनिक निहुँरेर काम गर्दा हात तथा शरीरका विभिन्न अङ्गहरू पनि बलियो हुनुका साथै घर पनि सफा हुन्छ ।

dsf

साफी लगाउँदा घरिघरि झुक्नु पर्ने हुँदा पेट र तीघ्रामा असर हुन्छ र तौल नियन्त्रण हुनुका साथै कम्मर, ढाड तथा खुट्टा दुख्ने समस्या पनि कम भएर जान्छ । सफा मात्र गर्दा खुट्टा, पेट वा कम्मर तथा हातको वरिपरिको मांशपेशीले काम गर्ने हुँदा तौल घट्न सक्छ । साथै हात वा काँधमा धेरै जोर पर्ने हुँदा यसले हातलाई बलियो समेत बनाउने गर्छ ।

घरको साथै बाथरुमको सरसफाई गर्नाले करिब ५०० क्यालोरी बर्न हुन्छ । घरमा सानो बगैँचा बनाएर पानी हाल्ने वा गोडमेल गर्ने कामले पनि मांसपेशीको कार्यक्षमतामा वृद्धि गराइ जोर्नीमा लचिलोपना ल्याउँछ । बगैचा सफा गर्दा वा फूल तथा तरकारीहरू रोप्दा गरिने कामले शरीरको लगभग ४०० क्यालोरी बर्न गराउँछ । निहुँरेर काम गर्दा पेट, हात र कम्मरमा दवाव पर्दा शरीरको तौल घट्नेगर्छ ।

मानिसहरू सजिलोका लागि लुगा धुन वासिङ मेसिनको प्रयोग गर्ने गर्छन । तर, मेसिनमा भन्दा पनि हातले लुगा धुनाले शरीरलाई फाइदा पुर्याइरहेको हुन्छ । लुगा धुँदा शरीरको सम्पूर्ण अङ्गको एक्सरसाइज हुन्छ । एक घण्टा लुगा धुँदा शरीरको लगभग ४०० देखि ५०० क्यालोरी बर्न हुन्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्नुका साथै शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।

Loading...