साग : नेपाललाई अर्को पदक, पुरुष ट्रायथोलनतर्फत नितेशले जिते कास्य

पोखरा, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले अर्को एउटा पकद हात पारेको छ । सागको पुरूष ट्रायथोलनमा नेपालका लागि नितेश मानन्धरले कास्य पदक जितेका हुन् ।

सोमबार पोखरामा भएको उक्त प्रतियोगितामा भारतले स्वर्ण र रजत पदक हात पार्न सफल भयो । भारका आदर्शमान सिनामोलले स्वर्ण पदक जिते भने रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमले जिते ।

Loading...