fbpx

हरर फिल्म ‘घर’ अब युटुबमा (भिडियोसहित)

विराटनगर, १६ मंसिर । अभिनेता तथा निर्देशक अर्पण थापाको निर्देशनमा तयार भएको हरर जनरामा आधारित रहेको फिल्म ‘घर’ युटुबमा सार्वजनिक भएको छ । हलमा दर्शकलाई निकै तर्साएको फिल्म ’घर’ अहिले युटुबको ट्रेन्डिङ्ग नम्बर–२ मा आइपुगिसकेको छ । फिल्मलाई बूढासुब्बा मुभिजको च्यानेलमार्फत सार्वजनिक गरिएको हो ।

मान्छेको सबैभन्दा सुरक्षित स्थान घर, तर त्यही आनन्दको जीवन बिताइरहेको सुरक्षित स्थानमा मान्छेले असुरक्षित र डरको आभासका साथ असामान्य अनि अनौठो कथा देखाएको छ । श्रीमान्–श्रीमतीले भर्खर सस्तोमा किनेको नयाँ घरमा सरेपछि भूतप्रेतसँग भोगेको कथालाई फिल्ममा देखाइएको छ ।

शर्मिला पाण्डेलले निर्माण गरेको फिल्ममा अर्पणका साथ अभिनेत्री सुरक्षा पन्त, अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

फिल्ममा अर्पणको मुख्य भूमिका रहेको छ भने अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतीको भूमिका निभाएकी छन् । नेपालमा निकै कम हरर जनराका चलचित्र बन्ने समयमा यो चलचित्रबाट भने निर्माण टिमले केही फरक गर्न खोजेको देखिएको छ ।

Loading...