visit-nepal

प्रधानमन्त्री स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं, १६ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको भएकोे छ । अस्पतालले सोमबार विज्ञप्ति जारी गरी प्रम ओलीको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।

महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Loading...