नेपाललाई पहिलो पदक : चञ्चलाले दिलाइन् रजत

काठमाडौं, १६ मंसिर । नेपालमा भइरहेको १३औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत कँरातेको व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत जिताएकी छन् । पाकिस्तानकी साहीदाले फाइनलमा पराजित गरेपछि नेपालले रजतमा चित्त बुझाउनुपरेको हो ।

पाकिस्तानले नेपाललाई पराजित गर्दै १३ औं साग खेलमा पहिलो पदक जितेको हो । उता, पाकिस्तानले भने १३औं सागको पहिलो स्वर्ण जित्यो ।

फाइनलमा पाकिस्तानकी साहीदाले २५.२८ अंक प्राप्त गरेकी थिइन् भने चञ्चलाले२४.६२ अंक मात्रै हासिल गरिन् । चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । उनले २४.०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।

Loading...