visit-nepal

फाल्गुनन्दमा नेकपाका वीरबहादुर विजयी

१६ मंसिर फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार वीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार वृजहाङ आङ्देम्बेलाई ८ सय ६ मत अन्तरले पराजित गर्दै कुरुम्वाङ गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

कुरुम्बाङले ५ हजार ३ सय ६९ र निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५ सय ६३ मत पाएका छन् । यस अघि नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि फाल्गुनन्दमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा समाजवादी पार्टीकी विमला आङदेम्बेले ३ सय २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २ सय ४०, राप्रपा (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत र राप्रपाका सुसुहाङ चेम्जोङले २८ मत पाएका छन् ।

Loading...