Rumpum

Rumpum Advertisement

सिद्धबाबा विराट नर्सिङ होमको आईसियूबाट पक्राउ

सिद्धबाबा विराट नर्सिङ होमको आईसियूबाट पक्राउ

विराटनगर १६ मंसिर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरीलाई प्रहरीले विराट नर्सिङ होमको आईसियूबाट पक्राउ गरेको छ । आइतबार दिनभर रुगेर फर्केको प्रहरीले सोमबार बिहान ४ बजे नै पक्राउ गरेको हो ।

विराट नर्सिङहोम उपचाररत गिरीलाई हृदयघात भएको भन्ने अस्पतालले जानकारी दिएपछि पक्राउ गर्न पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली आइतबार त्यसै फर्केका थियो । सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अस्पताल सुनसरीमा मेडिकल चेकजाँज गरिरहेको शर्माले बताए ।

सिद्धबाबा कृष्णदास महराज भनेर चर्चित भएका कृष्णबहादुर गिरी भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मृर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो ।

प्रहरीको निगरानीमा उपचार गराइरहेका गिरीले बिहान १० बजेसम्म आफ्ना अनुयायी र सुभचिन्तकसँग भेटघाट गरिरहेका थिए । गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् ।